सुर्खेतमा अबैध काठसहित एक जना पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले अबैध काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१२, पदम स्थित ईन्द्र दैलेखी फर्निचर उद्योगका सञ्चालक ईन्द्रजीत विश्वकर्मा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले गएराती वीरेन्द्रनगर–१२, पदमपुर स्थित ईन्द्र दैलेखी फर्निचर उद्योगमा लुकाई छिपाई राखेको अबैध साल जातको काठ चिरान काठ नियन्त्रणमा लिएको हो ।

प्रहरीले फर्निचर उद्योगका सञ्चालक ईन्द्रजीत विश्वकर्मासहित २३ दशमलव २४ क्यूफिट काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सुर्खेतलाई बुझाएको जनाएको छ ।
यता डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत राधाकृष्ण दासले अवैध काठसहित पक्राउ परेका व्यक्ति माथि वन ऐन २०७६ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाईएको जानकारी दिए ।
उनले अवैध काठ तथा वन पैदावार चोरी निकारी तथा पैठारी नियन्त्रणका लागि सादा पोसाक र सशस्त्र गस्ती टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको जनाए ।

