२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 6, 2026

युवा पलायनले सामाजिक जीवन संकटमा



मुगु । रोजगारीको अभावले कमजोर आर्थिक अवस्थाका कारण मुगु जिल्लाका धेरै युवाहरू रोजगारीको खोजीमा भारततर्फ पलायन हुन थालेका छन् । गाउँमै काम नपाएर परिवार धान्न कठिन भएपछि युवा विदेशिन बाध्य भएका हुन् ।

युवाहरु विदेश पलायएन भएसँगै गाउँमा बस्ने बृद्धाबृद्धा र महिलाहरूको काँधमा खेतीपाती, पशुपालनदेखि घरधन्दा सबै जिम्मेवारी थपिएको छ । सोरु गाउँपालिका–८ का एक वृद्धले भने, ‘युवाहरु सबै बाहिर गए, अब त घर सम्हाल्ने हामी बुढाबुढी मात्र भयौं । काम गर्न सक्ने उमेर छैन, तर बाध्यताले सबै गर्नुपरेको छ ।’

स्थानीय तहका जनप्रतिनिधिहरुले पनि युवापलायन गम्भीर समस्या बन्न थालेको स्वीकार गरेका छन् । उनीहरुले भनेका छन्, ‘कृषि, पर्यटन तथा साना उद्योगमार्फत केही रोजगारी सिर्जना गर्ने प्रयास भएपनि सीमित स्रोतले सबै युवालाई समेट्न सक्दैन ।’

युवाहरु भारततर्फ जाने क्रम बढेसँगै गाउँका धेरै घर खाली जस्तै बनेका छन् । विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको छ भने उत्पादक जनशक्ति बाहिरिँदा स्थानीय विकासमा असर परेको छ ।

स्थानीयका अनुसार दिर्घकालीन रुपमा यसले गाउँको सामाजिक र आर्थिक संरचनामा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरी युवालाई गाउँमै रोक्ने नीति आवश्यक रहेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार
Translate »