२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 6, 2026

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहररुले लिए शपथ



काठमाडौं ।  प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ज्येष्ठ सदस्य केसीलाई हिजो बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ ।

प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक गरी कुल २७५ जना सदस्यका लागि गएको फागुन २१ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन् ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
Translate »