एसइई : ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’’ (नन ग्रेडेड) ल्याएका छन् ।

परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए । ती मध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन् ।

ण्सबैभन्दा उच्च जिपिए (३.६० देखि ४.०० सम्म) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ । त्यसैगरी, जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने उत्कृष्ट विद्यार्थीको सङ्ख्या ८० हजार ३ सय ७२ जना रहेका छन् ।

परीक्षामा जिपिए २.८० देखि ३.२० सम्म प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै अर्थात् ९४ हजार २ सय २२ रहेको छ । यस्तै, जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ जना रहेका छन् ।

बोर्डका अनुसार जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १ सय ९० रहेको छ । सबैभन्दा कम अर्थात् जिपिए १.६० देखि २.०० सम्म ल्याउने विद्यार्थी जम्मा ७ जना मात्र रहेका छन् ।

यसपटकको परीक्षामा सहभागीमध्ये ठुलो सङ्ख्याले ‘एनजी’ प्राप्त गरेका छन् । कुल १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ‘एनजी’ मा परेका हुन् ।

कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी  ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

एसईईको पूरक १ असारदेखि
आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ ।
परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन् ।

Translate »