२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी पक्राउ



सुर्खेत । लागुऔषध (ब्राउन सुगर) मुद्दामा वारदात मिति देखि फरार प्रतिवादी वीरेन्द्रनगरको भैरवस्थानबाट पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार २ ग्राम १७० मिलिग्राम लागु औषध ब्राउन सुगर मुद्धाका फरार प्रतिवादी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५, का ३० वर्षीय समिक शेषलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार साँझ साढे ५ बजे तिर वीरेन्द्रनगर–४, भैरवस्थानबाट शेषलाई उसकै डेराबाट पक्राउ गरिएको छ । सुर्खेत जिल्ला अदालतको २०७५ माघ ७ गतेको पक्राउ अनुमति भएकोमा वारदात पश्चात फरार रहेका शेषलाई पक्राउ गरी आइतबार अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाइ छ ।

उक्त मुद्धामा प्रतिवादी अब्दुल हामिक शेष समेत संलग्न रहेको उक्त मुद्धामा आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाईको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार
Translate »