

राकम । ईलाका प्रहरी कार्यालय बादेपिल सुर्खेतले बेवारिसे तीन नाल भरुवा बन्दुक वरामद गरेको छ ।
प्रहरीले आज सिम्ता गाउँपालिका–४, बजेडीचौरको सालघारी सामुदायिक वनमा वनमाराझार मुनि कालो छाताको कपडाले बेरोको अवस्थामा र दुई नाल साबुत र एक नाल वेसाबुत भरुवा बन्दुक वरामद गरेको हो ।

बेवारिसे अवस्थामा बन्दुर फेला परेको जानकारी पाउना साथ ईप्रका बादेपिपलबाट प्रहरी नायव निरीक्षक चेतनबहादुर बुढाको कमाण्डमा गएको प्रहरी टोलीले तीन बन्दक वरामद गरेको छ ।
अहिले ती बेवारिसे बन्दुक कहाँबाट कसले ल्याएर त्यहाँ राखेको हो भन्ने बारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार











