‘मानव पुँजीको विकास गर्नेपर्नेमा राष्ट्रिय जनसंख्या नीतिको जोड’

सुर्खेत ।  राष्ट्रिय जनसंख्याले नीतिले घट्दो प्रजनन दरलाई प्रतिस्थापन तहमा राख्दै जनसांख्यिक लाभ लिने लक्ष्य राखेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण’ कार्यक्रममा हाल घटिरहेको प्रजनन दरलाई १ दशमलव ९४ बाट जनसंख्या वृद्धिदर सहज अवस्थामा पु¥याउन २ दशमलव १ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको हो ।

साथै हाल उच्च रहेको १५ देखि ५९ वर्ष उमेर समूहको ६१ दशमलव ९ प्रतिशत जनसंख्याबाट अर्थतन्त्रले लाभ लिने परिकल्पना गरेको छ । जनसंख्याको अहिलेको अवस्थाका आधारमा योजना बनाउन आवश्यक रहेको र यसका लागि तीनै तहबीच समन्वय गर्नका लागि नीतिले जोड दिएको हो ।

देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय जनसंख्या नीतिले आन्तरिक तथा बाह्य बसाईँसराइलाई व्यवस्थित र मर्यादित बनाउन सुझाव दिएको छ । त्यस्तै राष्ट्रिय जनसंख्या नीतिले मुलुकमा रहेको युवा जनसंख्याबाट अधिकतम लाभ लिने र मानव पुँजीको विकास गर्नेपर्नेमा जोड दिएको छ ।

सरोकारवालाहरुलाई जानकारी गराउन र कार्यान्वयन सुनिश्चित गर्न देशका विभिन्न स्थानमा यस्तो सार्वजनिकीकरण तथा अभिमुखीकरण गरिएको मन्त्रालयले सहसचिव हेमराज सुवेदीले बताए । उनले यस्ता कार्यक्रमबाट प्रदेश तथा स्थानीय स्तरको जनसंख्या नीति तथा रणनीति ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र जनसंख्या कोष नेपालका प्रतिनिधि तीर्थमान तम्माङ्गले देशका हिमाली क्षेत्रका ३४ जिल्ला र ३ सय १९ पालिकामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा समस्या समाधान गर्न नीतिगत रुपमै अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, सचिव रोशनी कुमारी श्रेष्ठ, कर्णाली प्रदेश सरकारका सचिव वीरेन्द्रकुमार यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलगायतको सहभागिता रहेको थियो ।

 

Translate »