२०८३ भदौ २ , मंगलबार
Sky News Nepal
August 18, 2026

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न प्रहरीलाई आदेश दिएको छ ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमवार फैसला गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ‘परमादेश’ जारी गरेको हो ।

साथै इजलासले जफत गरिएका सञ्चार माध्यमका सामग्री र श्रेष्ठको घरबाट लगिएका समान फिर्ता गर्न समेत आदेश दिएको छ । यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो ।

गत बुधवार पक्राउ परेका श्रेष्ठलाई काठमाण्डू जिल्ला अदालतले आज मात्रै थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि प्रहरीले उनलाई ३ दिन हिरासत राख्ने अनुमति पाएको थियो ।

उनी वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
Translate »