२०८३ असोज १६ , शुक्रबार
Sky News Nepal
October 2, 2026

ऐलानी जग्गा मिलाईदिने ठग प्रहरी खोरमा



असोज १, दैलेख ।
दैलेखमा ऐलानी जग्गा मिलाई दिने भन्दै ठगी गर्ने प्रहरी खोरमा परेका छन् । सर्वसाधारणलाई ऐलानी जग्गा मिलाई दिने नाममा ठगी गर्ने बमबहादुर नेपालीलाई दैलेख प्रहरीले बुधबार नारायण नगरपालिकाबाट पक्राउ गरेको हो । नारायण नगरपालिका– ११, बिन्धाबासिनीका नेपालीले ऐलानी जग्गा मिलाई दिन्छु भन्दै ९१ जनालाई ठगी गरेको पाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

स्थानीय नेपालीले बाँके जिल्लामा पर्ने राप्तीपारी भन्ने ठाउँमा जग्गा मिलाई दिने भन्दै दैलेखका पबित्रा बादी, लाल बहादुर बादी, दिपक बादी, रामकुमारी बादी लगायत ९१ जनाको नागरिकताको प्रतिलिपि मागेर निजहरुबाट दुई सय ५० रुपैयाँका दरले रकम असुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए । उनले नेपालीलाई पक्राउ गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको बताए । उनका अनुसार पक्राउ परेका नेपाली विरुद्ध भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधबार
Translate »