२०८३ भदौ २५ , बिहीबार
Sky News Nepal
September 10, 2026

राष्ट्रिय उपभोक्ता मञ्च उदरपुरका अध्यक्ष काफ्लेको निधन



काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च उदयपुर जिल्लाका अध्यक्ष बद्रीप्रसाद काफ्लेको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थापक सचिव समेत रहेका काफ्लेको गाईघाटस्थित आफ्नै निवासमा आज विहान निधन भएको हो । अध्यक्ष काफ्लेको निधनप्रति राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय कार्य समिति तथा राष्ट्रिय उपभोक्ता मञ्च परिवारले गहिरो दुःख प्रकट गर्दै उपभोक्ता हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले काफ्लेले उपभोक्ता अधिकारको संरक्षण र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको सधै स्मरणीय रहने बताए ।  उनले यस दुःखद घडीमा काफ्लेको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । अध्यक्ष काफ्ले करिब एक वर्षदेखि गम्भीर बिरामी भएर अचेत अवस्थामा रहेका थिए ।

काफ्लेका श्रीमती, दुई छोरा र दुई छोरी छन् । परिवारका अनुसार उनको अन्त्येष्टि बुधबार नै त्रियुगा आर्यघाटमा गरिनेछ।

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार
Translate »