२०८३ भदौ २६ , शुक्रबार
Sky News Nepal
September 11, 2026

राय/परामर्शका लागि संघीय निजामती सेवा विधेयक लोग सेवा आयोगमा



काठमाडौं । विभिन्न मन्त्रालयको राय, सहमति, छलफल र सरकारी प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोग पुगेको छ ।

परामर्शका लागि पठाइएको संघीय निजामती सेवा विधेयक आज लोकसेवा आयोगमा दर्ता र विधेयक लोकसेवा आयोगको अध्ययन र सुझावको चरणमा प्रवेश गरेको छ ।

मन्त्रिपरिषद्ले नै यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाएको हो । निजामती सेवा ऐनमा कर्मचारीको सेवा सर्तसँग सम्बन्धित विधेयक तयार गर्दा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।

यसअघि नै यो विधेयकलाई अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेका छन् । यता भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको जानकारी दिइन् ।

लोकसेवा आयोगबाट प्राप्त परामर्शका आधारमा मन्त्रिपरिषदले यो विधेयकलाई संसदमा दर्ता गर्न भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति दिनेछ । त्यसपछि विधेयक संसदमा दर्ता हुनेछ ।

 

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार
Translate »