

सुर्खेत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूमाझ ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ नतीजा : पर्फर्मेन्स एण्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–कर्णाली प्रोभिन्स २०८३/८४’ शीर्षकमा सेमिनार आयोजना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीहरुको उपस्थितिमा उक्त सेमिनार सम्पन्न भएको हो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताहरुबारे छलफल गर्दै केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ बनाउने विषयमा गहन अन्तरक्रिया भएको छ ।
हाल कर्णाली प्रदेशका ८ जिल्लामा सिटिजन्स बैंकका ११ ओटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । बैंकले यसअघि नै बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा यस्तै प्रकृतिका सेमिनार सम्पन्न गरिसकेको छ । बाँकी प्रदेशहरुमा पनि यस्तै प्रकृतिका सेमिनार क्रमशः आयोजना गर्दै जाने बैंकले जनाएको छ ।











