२०८३ कात्तिक १८ , मंगलबार
Sky News Nepal
November 3, 2026

नेपाली सेनाद्वारा मुगुको चुच्चेमारामा अलपत्र परेका १२ जनाको सकुशल उद्दार



सुर्खेत ।  मुगु स्थित प्रसिद्ध राराताल धुम्न गएको एक समूह जंगलमा हराएपछि नेपाली सेनाले उद्दार गरको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८, चुच्चेमारा क्षेत्रको जंगलमा अलपत्र परेका १२ जनाको एक समूहलाई नेपाली सेनाले सकुशल उद्दार गरेको हो । गएराती रारा भ्रमणमा निस्किएको उक्त समूह चुच्चेमारा क्षेत्रमा अलपत्र परेको जानकारी पाउनासाथ नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले सुरक्षित रुपमा उद्दार गरेको जनाएको छ ।

हनुमानध्वज गुल्मका प्रमुख (मेजर) खड्कबहादुर श्रेष्ठले गएराती १० बजेर २५ मिनेटमा चुच्चेमारा क्षेत्रको मध्य भागबाट ८ जना महिला र ४ जना पुरुषको सकुशल उद्दार गरिएको बताए । उनले उक्त समूह मुगुदेखि पैदल जुम्ला जानेक्रममा बाटो भुलेर जंगलमा अलपत्र परेपछि उद्दार गरी सुरक्षित सल्लेरी ल्याईएको जनाए  ।

त्यहाँबाट राती नै मुगु प्रहरीको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीवाडा गाउँ पु¥याइएको उनको भनाइ छ । करिब चार घण्टा जंगलमा अलपत्र परेका सबै जना जुम्लाको चन्दननाथ–२, भण्डारीवाडा हुन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार
Translate »