२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

वीरेन्द्रनगरमा हिंसा निगरानी समूह गठन



पार्वती बयक/पुस २१, सुर्खेत ।
जिल्ला स्थित राजनीतिक दल, नागरिक संघसंस्था, अधिकारकर्मी, कानून व्यायसायी, जातिय संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थितीमा हिंसा निगरानी समूह गठन गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा अधिवक्ता गीता काईरालाको संयोजकत्वमा २५ सदस्यीय हिंसा निगरानी समुह गठन गरिएको हो । गठित समूहको सचिवालय सदस्यमा शान्ता कडेंल, खगीसरा वली, सबिना बानु, अञ्जली विसी, चमेली जिसी, टेकेन्द्र सुनार, विष्णु शर्मा, रमा केसी, राजेन्द्र शर्मा तथा शेरबहादुर थापा रहेका छन् ।

समुहका अन्य सदस्यमा नागरिक संघ संस्थाका प्रतिनिधिहरु रहेका छन् । गठित नागरिक हिंसा समुहले वीरेन्द्रनगरमा हुने सबैखाले हिंसाका घटना पीडितलाई न्यायको पहुँचसम्म पु¥याउन सहजीकरण गर्नेछ । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अध्यक्षता भएको कार्यक्रममा नेकपाका टिकाराम शर्मा, नेकाँका अनन्त पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्मा, भुमी अधिकार मञ्चका राजेन्द्र शर्मा, दलित महिला संघकी खगीसरा वली, गैसस महासंघका अध्यक्ष घनश्याम केसी एवं दलित सेवा संघका टेकेन्द्र सुनार लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७६ पुस २१ गते सोमबार
Translate »