२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

‘पूर्व भारतीय गोर्खा सैनिक देश विकासमा जुट्नु पर्छ’

समितिको अध्यक्षमा पुन रानामगर


स्काई न्यूज/ पुस २६, सुर्खेत ।
पूर्व भारतीय नेपाली सैनिकहरुले देशको समृद्धिका जुट्नु पर्ने बेला आएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न पूर्व भारतीय नेपाली सैनिकहरुको संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति सुर्खेतको सातौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भारतीय सेनाका पूर्व क्याप्टेन जहरसिंह थापाले पूर्व सैनिकको योगदानलाई उच्च राख्दै मातृभूमि नेपालको समृद्धिका लागि काम गरेर देखाउने बेला आएको बताएका हुन् । ‘पूर्व भारतीय नेपाली सैनिक देशको चौतर्फी विकाससँगै सामाजिक तथा सांस्कृतिरुप मोर्चा समेत अग्रपंत्तिमा काम गर्न सक्छन् भन्ने देखाउने बेला आएको छ,’ उनले भने, ‘भनाई र गराईमा मेल खाएन समाजले पचाउन नसक्ने भएकाले पूर्व भारतीय नेपाली सेनाका सदस्यहरुले मातृभूमिका लागि पनि योगदान पु¥याउन सक्नु पर्छ ।’ उनले आपसी एकता, समाजिक योगदान तथा राष्ट्रप्रतिको सच्चा प्रेमले नै व्यक्तिलाई महान बनाउने जिकिर गरे । कार्यक्रममा पूर्व भारतीय सेनाका सदस्य तथा संविधान सभाका पूर्व सांसद लालबहादुर घलेले सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा समेत पूर्व भारतीय नेपाली सेनाले योगदान पु¥याउन आवश्यक रहेको औल्याए । उनले मानविय मूल्य मान्यतामा रहेर समाज तथा राष्ट्रका लागि पूर्व भारतीय गोरखा सैनिकको छविलाई उच्च बनाई राख्न हरेक तह र तप्का जुट्नु पर्ने उल्लेख गरे । त्यस्तै वीरेन्द्रनगर नगरपालिका—५, नम्वर वडा अध्यक्ष राजबहादुर गुरुङले समाज रुपमान्तरण तथा विकासका लागि पूर्व भारतीय गोर्खा सैनिकको योगदान उच्च रहेको बताए ।


यसैवीच समिमितको अध्यक्षमा पुनःकर्णबहादुर रानामगर चयन भएका छन् । समितिको ७ औं वार्षिक साधारण सभाले रानामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दलबहादुर चन्द, सचिव नन्दबहादुर गुरुङ, कोषाध्यक्ष दर्शन थापा तथा सदस्यहरुमा गगनसिंह गुरुङ, प्रकाश गुरुङ, गंगबहादुर थापा, रेशम मल्ल, भिमबहादुर जिसी, होमबहादुर थापा, जितेन्द्रबहादुुर थापा, खड्गबहादुर थापा एवं गंगासिंह ठकुरी रहेका छन् ।

प्रकाशित मिति : २०७६ पुस २६ गते शनिबार
Translate »