कर्णाली सडक मानव मुक्त घोषणा

नेपालमै पहिलो पटक

स्काई न्यूज /माघ ४, सुर्खेत ।
नेपालमै पहिलो पटक कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एक भव्य कार्यक्रमका वीच प्रदेशका कुनै पनि नागरिक गास, बास र कपासको अभावमा सडकमा आउने दिन अन्त्य भएको घोषण भएको हो । प्रदेशका दश जिल्लाकै बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनलाई उद्दार गरेर आश्रममा राखेपछि शनिवार सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेशमा रहेका बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुको संरक्षण सरकारले गरेपछि सयोगापेक्षी मावनमुक्त भएका छन् ।

यसअघि प्रदेशका दशै जिल्लामा सडक मानवमुक्त अभियान नै सञ्चालन गरेर वेसहाराहरुको उद्दार गरेर मावन सेवा आश्रममा राखेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको बताएको छ । बेसहाराहरुले अब सडकमा देखिए तत्काल उनीहरुको उद्दार गरेर आश्रममा राखिनेछ । सडक मानव मुक्त घोषणा कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बेसहाराहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताए । उनले बेसहाराहरुको उद्दार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन गराउने दायित्व सरकारको भएको जनाए ।


‘अपांङ्गता भएका, शारीरिक रुपमा अशक्त भएका, मानसिक रोगी भएका सहयोगापेक्षी व्यक्तिका लागि उपचारको पनि सरकारले व्यवस्था गर्ने छ,’ उनले भने, ‘त्यस्ता उद्दार गरिएका व्यक्तिले सिकेका सीपबाट उत्पादन गर्न लगाउने र त्यसो गर्दा आम्दानीका साथै उनीहरुको समय पनि सहज रुपमा व्यतित हुनेछ ।’ उनले सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशका १० ओटै जिल्लामा उनीहरुका लागि भवन बनाईने जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिक ज्यूँदो इतिहास भएकाले उनीहरुको सीप, ज्ञान सबैले लिनु पर्ने संस्कारको विकास गरिनेछ । ‘विगतमा निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आइरहेका थिए । अब सरकार पनि सहयोग गर्न आएको छ । यस्ता व्यक्तिका लागि सरकार अघि बढेको छ,’ उनले भने ।


सुर्खेत स्थित मानव सेवा आश्रममा हाल ५३ जना सडक बालबालिका, अशक्त, अपाङ्ग र मानसिक रोगीहरु छन् । उद्दार गरिएकाहरु मध्ये प्रदेशका अन्य जिल्लाहरुको तुलनामा यहाँ भेटिएका बेसहाराहरु बढी छन् । सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले आश्रममा रहेका बेसहाराहरुलाई आर्थिक सहयोग गरिरहेका छन् । आश्रममा रहेका मध्ये हालसम्म १३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । प्रदेश सरकारले सडक बालकालिकाहरुलाई आमाघर, वृद्धवृद्धालाई प्रशान्ति वृद्धाआश्रम र अन्य अशक्तलाई मानव सेवामा आश्रममा राख्ने व्यवस्था मिलाएको छ ।

Translate »