सिद्धार्थ एकेडेमीको खेलकुद सप्ताह शुरु

स्काई न्यूज /माघ ८, सुर्खेत ।
सिद्धार्थ नेशनल को–अपरेटिभ एकेडेमीको खेलकुद सप्ताह शुरु भएको छ । बुधबार वीरेन्द्रनगरमा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टोपबहादुर टङलामीले छेलो हानेर खेलकुद सप्ताहको उद्घाटन गरेका छन् । खेलकुद सप्ताहको उद्घाटन गर्दै टङलामीले खेलकुद मानव जीवनका लागि अपरिहार्य रहेको बताए । उनले मानव स्वस्थ्य तथा सुन्दर बन्नका लागि पनि खेलकुदको विशेष महत्व रहेको जिकिर गरे । उनका अनुसार स्वास्थ्य शरीरमा नै स्वास्थ्य विचारले बास गर्छ ।

एकेडेमीका प्रबन्ध निर्देशक कृष्णराम सास्कोटीले गुणस्तरीय शिक्षासँगै असल खेलाडी उत्पादन गर्न खेलकुद सप्ताहले टेवा पुग्ने अपेक्षा राखेको बताए । उनले एकेडेमीद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको जनाए । एकेडेमीका सञ्चालक खगेन्द्र पुलामीले खेलकुद सप्ताहले विद्यार्थीको मानसिक तथा शारीरिक विकास सँगै विद्यार्थी–विद्यार्थी वीच आपसी मित्रता बढाउने बताए । उनले स्वस्थ्य जीवनका लागि खेलको महत्वलाई सबैले आत्मसात गरेको उल्लेख गरे । कार्यक्रममा डिलबहादुर पुलामी, तुलाराम सिंजालीलगायतले आफ्ना भनाइ राखेका थिए ।

Translate »