हाजिरी जवाफमा जन नमूना मावि प्रथम

मोडेल कलेजको ९ औं वार्षिक उत्सव

स्काई न्यूज /फागुन ५, सुर्खेत ।
सुर्खेतको जन नमूना माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । सुर्खेत मोडेल कलेजको ९ औं वार्षिक उत्सवको अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगितामा जन नमूना मावि वीरेन्द्रनगर प्रथम भएको हो । प्रतियोगितामा द्वितीय स्थान श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर एवं श्री शिखर माध्यमिक विद्यालय भेरीगंगा–११ रामघाटले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।

 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले दश हजार, द्वितीय स्थान हासिल गर्ने आठ हजार एवं तृतीय स्थान गर्नेले ६ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रदेशका विद्यार्थीको वौद्धिक विकाससँगै सर्वाङगीण सामाजिक व्यक्तित्व निर्माण गर्ने उद्देश्यले आयोजित हाजिरी जवाफ प्रतियोगितामा २५ वटा विद्यालयको सहभागिता रहेको क्याम्पस प्रमुख गणेश आचार्यले जानकारी दिए । उनले गत वर्ष जिल्ला स्तरीय गरिएपनि यसको महत्वलाई बुझेर यस वर्षदेखि प्रदेश स्तरीय बनाईएको बताए । उनका अनुसार कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता प्रकारका प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । कर्णाली प्रदेशका २५ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएका छन् ।

Translate »