कबिता : नेपाल बनाऔं

कबिता
‘नेपाल बनाऔं’

ए साथी उ हेर सगरमाथा चाँदी झै झलल
बगेको हेर कोसि, गण्डकी, कर्णाली सलल
सुसेली हाल्दै पाईला चाल्दै छहरा झरेको
खुशी भो मन देखेर बन लहरा परेको।।

डालामा डाला धानको बाला गएर टिपौ न
कोहिली सग मागेर ढङ्ग गाउन सिकौ न
गुराँस फुल्छ मन यो डुल्छ पहाडी पखामा
गुन्जिन्छ गित मारेर धित लै भरी भाकामा।।

देउसी र भैलो मनको मैलो प्याकेर खएलौ न
जुन र तारा उठाईसारा केशमा जेलौ न
असार र आयो बादल छायो रोपाई गरौ न
के चर्को गाम, गर्दामा काम उज्यालो पारौ न।।।

बुद्धको माटो, युद्धको साटो शान्तिले भर्नु छ
लाएमा जुन उम्रन्छ सुन साहस गर्नु छ
हटाई कालो मनको जालो उज्यालो समाऔ
हातमा हात भएर साथ नेपाल बनाऔं ।।

नाम : जेनि बम ठकुरी
कक्षा : ७ (सात)
जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेत  ।

Translate »