डाक्टर केसीको ‘शून्यको मूल्य’ र डाक्टर मल्लको ‘भाषाको वकपत्र’ लाई यशस्वी अवार्ड

काठमाडौं । सुर्खेतका दुई चर्चित श्रष्टाद्वारा लिखित पुस्तकलाई यशस्वी अवार्डबाट सम्मान गरिएको छ । त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा बालरोग विशेषज्ञ डाक्टर नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य र नेपाली भाषा साहित्यका विद्दान डाक्टर महेन्द्रकुमार मल्लद्वारा लिखित ‘भाषाको वकपत्र’ लाई यशस्वी अवार्डबाट सम्मानित गरिएको हो ।

प्रज्ञा प्रतिस्ठानले २०७९ सालभित्र प्रकासित भएका विभिन्न विधाका पुस्तकहरु मध्ये उत्कृष्ठ दश मध्ये डाक्टर केसीको ‘शून्यको मूल्यु’ र डाक्टर मल्लको ‘भाषाको वकपत्र’ पर्न सफल भएका थिए । आज काठमाडौंमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो ।

विवेक ओझाको उपन्यास ‘ऐंठन’, रेणुका जिसीको कथा संग्रह ‘सनेस’लाई यशस्वी अवार्ड प्रदान गरिएको छ । सम्मानित हुने अन्य कृतिमा जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’ र खाद्य तथा औषधि विधामा नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ रहेका छन् ।

यसैगरी अँग्रेजी भाषाको संस्मरण लाक्पा देन्डी शेर्पा ‘‘हिमालयन मेभरिक’ र अँग्रेजी कवितासंग्रह सुशान्त थापाको ‘मिनट्स या मेरिट’लाई उक्त पुरस्कार प्रदान गरिएको छ । ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरुूको उपस्थितमा सम्मान प्रदान गरिएको हो।

Translate »