साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

काठमाडौं ।  साल्ट ट्रेडिङ कर्पोरेसनले  घाटा थेग्ने नसक्ने भएपछि नुनको मूल्य बढाएको छ ।  साल्ट ट्रेडिङले ८ वर्षपछि मंगलबार नुनको मूल्य बढाएको हो ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।


उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो ।

निर्धारण गरिएको मूल्य आज राति १२ बजेबाट लागू हुने छ । कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले नुनको मूल्य समायोजन गरिएको बताए ।

Translate »