मदन पुरस्कारका लागि पाँच पुस्तक छानिए

काठमाडौं । मदन पुरस्कार २०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मदन पुरस्कार गुठीले छनौट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकमध्येबाट मंगलबार डम्फुको आत्मालाप (भक्त स्याङतान(, नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’ रहेको जानकारी दिए ।

उनका अनुसार यिनै मध्येबाट एक पुस्तकलाई २०८० को मदन पुरस्कार प्रदान गरिने छ । २०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ बनाइएको छ । मदन पुरस्कार नेपाली साहित्य क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ ।

Translate »