मध्यपश्चिम विश्वविद्यालयबाट ३ हजार बढी विद्यार्थी दीक्षित हुँदै

तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतबाट ती हजार बढी विद्यार्थी दीक्षित हुने भएका छन् । फागुन २३ गते शुक्रबार हुने तेस्रो दीक्षान्त समारोहबाट उनीहरु दीक्षित हुन लागेको आज (मंगलबार) विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

स्नातक तहमा २ हजार १ सय ८९, स्नातकोत्तरमा १ हजार ६ सय ३३ र दर्शनाचार्य तहमा १९ गरी कुल ८ सय ४१ जना विद्यार्थी दीक्षित हुन लागेको विश्वविद्यालयका डीन लिलाधर तिवारीले बताए । उनले समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको हातबाट ती सबै विद्यार्थीहरु दीक्षित हुने जनाए ।

उनका अनुसार समारोहको अध्यक्षता प्रधानमन्त्री ओलीले गर्नु हुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराईको उपस्थिति र सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्रा. डा. महेन्द्र पी.लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ । २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल ३ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् ।

Translate »