प्रधानाध्यापक सञ्जाल वीरेन्द्रनगरको अध्यक्षमा यामबहादुर श्रेष्ठ

सुर्खेत । माध्यमिक तह  सामुदायिक विद्यालयका प्रधानाध्यापक सञ्जालको अध्यक्षमा यामबहादुर श्रेष्ठ चयन भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका भित्रका प्रधानाध्याक सञ्जालको शनिबार अमर ज्योती नमूना माध्यमिक विद्यालय नेवारेमा बसेको बैठकले जन नमूना माविका प्रअ श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा खगेन्द्र थापा, अर्थसचिव तेजकुमारी चपाई, सचिव पूर्णप्रसाद पौडेल तथा सदस्यहरुमा नवराज घिमिरे, गणेश ढकाल, भक्तबहादुर शाही, राजकुमार सापकोटा र इन्द्रा हमाललाई चयन गरेको छ ।

यसअघि सञ्जालका अध्यक्ष नेत्रमणि चालिसे अनिवार्य अवकास भएपछि उनलाई सफल कार्यकालको शुभकामनासँगै सेवानिवृत्त जीवनको शुभकामना प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले सामुदायिक विद्यालयहरुको दैनिक प्रशासन र ब्यवस्थापकीय जटिलताहरुमा साझा मत निर्माण गरि अगाडि बढ्न र नगरपालिकाको विद्यालयीय शिक्षाको उनन्नयनमा सदैब रचनात्मक योगदान गर्न सञ्जाल थप क्रियाशील रहने जनाए ।

Translate »