

काठमाडौं । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।
जवान पदका लागि मात्रै ७ सय ८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद भदौ ६ गतेदेखि असोज ५ गतेसम्म रहेको छ ।



प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार











