

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खोलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।

यसैगरी महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ । दरखास्त दिने म्याद भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।
असोज ५ गतेपछि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार











