बाँकेको जमुनाह सिमा नाकामा दोहोरो आवागमन बन्द

नेपालगञ्ज । नेपालमा जारी जेनजी आन्दोलनका कारण नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा भारतीय पक्षले कडाई गरेको छ ।

जेनजी आन्दोलनको प्रभाव भन्दै भारतीय सीमा सुरक्षा बलले सीमा आवागमनमा कडाई गरेको हो । भारतीय सुरक्षा निकायले विशेष कामका लागि भारत जान चाहने नेपाली नागरिकलाई बोर्डरबाटै फर्काउने गरेपछि सास्ती खेप्नु परेको छ ।

नेपाल फर्किन चाहने भारतीय नागरिकलाई समेत भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले आधार कार्डको आधारमा मात्रै प्रवेश दिइरहेको छ । त्यस्तै, भारतमा रहेका नेपाली नागरिकलाई भने नेपाली नागरिकताको आधारमा नेपाल प्रवेश गर्न दिइएको छ ।

जमुनाह नाकामा भारतीय सुरक्षाबलको बाक्लो उपस्थिति देखिएको छ । भारतीय सुरक्षाकर्मीहरुले ‘सीमा बन्द गरिएको छ,’ अर्को सूचना नआउँदासम्म फर्कनुहोस्,’ भनी माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

Translate »