सरकारले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने, घाइतेको निःशुल्क उपचार


काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेको जानकारी गराएकी हुन् ।

यस्तै जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको उनले जानकारी गराएकी छन् । सरकारले आन्दोलका घाइतेहरूको निःशुल्क उपचार र केही राहतको निर्णय गरेको छ ।

