प्रधानमन्त्रीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आव्हान गरेकी छिन् ।

प्रधानमन्त्रीको सचिवालयले आइतवार दिउँसो ४ः ०० बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकबारे जानकारी गराइने जनाईएको छ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद र सहकार्य अझ सघन बनाउन बैठक आह्वान गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने छ ।

Translate »