फुटपाथ अतिक्रमण हटाउन डोजर सञ्चालन


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सडक पेटी कब्जा गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । । पटक–पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदा समेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको हो ।

विष्टले नगरको मुख्य सडक ‘सुर्खेतरोड’को पश्चिमतर्फ नालादेखि ७ फिट फुटपाथ (क्लियर) गरी ग्रीनरी र अपाङ्गमैत्री बनाउने योजना रहेको बताए । त्यसका लागि ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए। नगर प्रमुख विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि ‘क्लियर’ गरिने स्पष्ट पारे । नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाइएको छ ।

