२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 12, 2026

शीतलहर चलेपछि बाँकेका विद्यालय बन्द



नेपालगञ्ज । बाँकेका विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहर चलेसँगै अत्यधिक चिसो बढेपछि आजदेखि जाडो बिदा दिइएको छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले आगामी शनिवारसम्म विद्यालयमा सार्वजनिक बिदा दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले पनि पुस ११ गतेदेखि १४ गतेसम्म जाडो बिदा दिएको जनाएको छ । पुस लागेसँगै बाक्लो कुहिरो र शीतलहरले बाँकेको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार
Translate »