कामना सेवा बैंकद्वारा न्यानो सामग्री वितरण

सुर्खेत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ ।

बैंकको सुर्खेत शाखाले कोपिला माध्यमिक विद्यालय पर्सेनीका निवर्तमान प्रधानाध्यापक दुर्गा शाक्यको पहल तथा समन्वयमा विद्यालयमा अध्ययनरत असहाय, बेसहारा तथा सिमान्तकृत बालबालिकालाई न्यानो सामग्री वितरण गरेको हो ।

पर्सेनीका विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि १ देखि ५ कक्षाका ८० जना विद्यार्थीलाई न्यानो कपडासँगै विद्यार्थी प्रशिक्षण कक्षका लागि ८० थान कुर्चीसमेत बैंकले हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायले बताए ।

बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसो मौसमका लागि आवश्यक न्यानो सामग्री वितरण गरेका हुन् । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

Translate »