निर्वाचन आयोगको निर्णय ‘सेटिङ’ अनुसार आयो, कानुनी लडाई लड्छौं : पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
देउवा पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय परम्परा विपरीत आएकाले उक्त निर्णय अमान्य भएको प्रतिक्रिया दिएका छन् । ‘यो निर्णय आयोगका पुराना नजिक, कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन विपरीत आएको छ,’ खड्काले भने, ‘त्यसैले यो निर्णय अमान्य छ । यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौं ।’

कसैको दबाबमा परेर आयोगले निर्णय गरेको आरोप लगाउँदै उनले योभन्दा अगाडिका दल विभाजनको निर्णयभन्दा पनि विपरित आयागले निर्णय गरेको दाबी गरे ।
खड्काले आधिकारिकताको निर्णय गर्दा आयोगले संस्थापन पक्षसँग कुनै राय सल्लाह नलिएको आरोप लगाए । उनले संस्थापन पक्ष विधि विधानको पक्षमा रहेको र विधान अन्तर्गत नै चलेको दाबी गरे ।

