कर्णालीमा आइपुगे नमूना मतपत्र

सुर्खेत । मतदाता शिक्षा प्रयोजनका लागि कर्णाली प्रदेशका सबै जिल्लामा नमूना मतपत्र आईपुगेका छन् । नमूना मतपत्र आईपुगेसँगै अब मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

देशभरका लागि कूल १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाई भएको र ती मतपत्र मतदाता शिक्षाको लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालिकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाको लागि मतपत्र छपाई कार्य सम्पन्न भइसकेको बताए । बाँकी क्रमशः छपाई भइरहेको पनि उनले जनाए ।

यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको उनको भनाई छ । उनका अनुसार समानुपातिक तर्फको मतपत्र छपाई कार्य भने सम्पन्न भइसकेको छ ।

Translate »