१ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ


बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल बिहीबार एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर मल्लले बारबर्दिया नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए ।
सूचनाका आधारमा आयोगको कार्यालय बुटवल ९सम्पर्क कार्यालय नेपालगन्ज०बाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

