जुम्लाबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको हेलिकप्टर बबईमा अवतरण


सुर्खेत । जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सुर्खेतको बबईमा अकस्मिक अवतरण भएको छ । मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर प्रतिकुल मौसमका कारण आज दिउँसो बबईमा अकस्मिक अवतरण भएको हो ।

यसअघि आजै दिउँसो २ बजेतीर उक्त हेलिकप्टर प्रतिकुल मौसमका कारण सल्यानको कालिमाटी गाउँपालिका–७, घुइयाबारीमा अवरण गरेको वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले हेलिकप्टर पाइलटलाई उद्र्धत गर्दै नेपालगन्जमा मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि घुइयाबारीमा फोर्स ल्याण्ड गर्नु परेको जानकारी दिए ।
जुम्लाबाट ल्याईएका हृदयघातका बिरामीलाई नेपालगन्ज हुँदै काठमाडौं लैजानुपर्नेमा सल्यानको घुइयाबारीसम्म एम्बुलेन्स ल्याउन धेरै समय लाग्ने भएकाले बबईसम्म एम्बुलेन्स ल्याएर सवा ४ बजेतीर सोही हेलिकप्टरले काठमाडौंका लागि उडान भरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिए ।

