सुर्खेतमा निर्वाचन शान्ति सुरक्षालाई खलल पु¥याउने २५ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले निर्वाचन शान्ति सुरक्षालाई खलल पु¥याउन खोज्ने २५ जनालाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा कालो रङको झण्डासहित ¥याली निकालेर निर्वाचनमा शान्ती सुरक्षा खलल पु¥याउन खोज्ने द डेन्जरस स्कुल ‘THE DANGEROUS SKULL’ समूहका २५ जनालाई पक्राउ गरेको हो ।

आज दिउँसो जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११, धुलियाबिट नजिकै तिनकुने चोकहुँदै धुलियाबिट तर्फ जाँदै गरेको द डेन्जरस स्कुलको समूहले स्थानीय प्रशासनको अनुमती बिना कालो–सेतो रङको झण्डा बोकी होहल्ला र सार्जजनिक शान्तिमा खलल पु¥याउन खोजेपछि प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुडथापाले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचार संहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरी शान्ति सुरक्षामा खलल पु¥याएकोले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको बताए ।

उनले २५ जनायुवा सहित ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी नियन्त्रणमा लिइएको जानकारी दिए । नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको पाईएपछि आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको उनको भनाइ छ ।

Translate »