वन पैदावार संघ सुर्खेतको अध्यक्षमा पराजुली

सुर्खेत । नेपाल वन पैदावार संघ सुर्खेतको अध्यक्षमा धिरज पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न छैठौं अधिवेशन तथा १८ औं वार्षिक साधारण सभाले पराजुलीलाई आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षमा टोपबहादुर सिंजाली, सचिव सरोज ढकाल, कोषाध्यक्ष धिरेन्द्र अधिकारी तथा सदस्यहरुमा तिलबहादुर खत्री, जीतबहादुर बुढाथोकी र सुन्दर पन्तलाई निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनमा नेपाल वन पैदावार संघका केन्द्रीय सल्लाहकार हरिबहादुर थापामगर, केन्द्रीय सदस्य उत्तम बस्नेत, एवं कर्णाली प्रदेश अध्यक्ष राजेन्द्रदेव गिरीले नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाईसँगै कार्यकाल सफलताको शुभकामना दिए ।

Translate »