सुर्खेत–२, मा रास्वपाका रमेशकुमार सापकोटा विजयी


सुर्खेत । सुर्खेत–२, मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन् ।
उनले ३० हजार ८ सय २६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइरालाले १६ सय ३ सय ९२ प्राप्त गरे । विजयी सापकोटा र कोइराला वीच १४ हजार ४ सय ३४ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका कुलमणि देवकोटाले १३ हजार १ सय ५५ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ५ सय ८७ प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ६ सय ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरीले १ एक हजार ३ सय १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिपक ढकालले जानकारी दिए ।
यहाँ १७ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचित सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत जिल्लाका पार्टी सभापति समेत हुन् ।

