सल्यानमा नेकपाका रमेशकुमार मल्ल विजयी

सल्यान । सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् ।

उनले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २० हजार ९ सय ४ मत प्राप्त गरे । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्ट १७ हजार ५ सय ५८ नेकपा एमालेका गुलाबजंग शाहले १५ हजार ३ सय ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९ सय २ मत प्राप्त गरेका छन् ।

१ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेको सल्यानमा ८३ हजार १ सय ६७ मत खसेको थियो । जसमा ३ हजार ४ सय ५८ मत बदर भएको थियो । ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Translate »