एमालेले टुङ्गायो प्रतिनिधिसभाका समानुपातिक सांसद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । एमालेको आज (शनिवार) बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फ आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ । यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेशी समुदायबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल छनोटमा परेका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ ।

Translate »