२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को संसदीय दलका नेता बालेन्द्र (बालेन) लाई राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा बालेन्द्र शाहलाई नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।

प्रधानमन्त्री नियुक्त बालेनलाई बिहीवार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेको थियो । प्रधानमन्त्री बालेनले आज (शुक्रवार) दिउँसो पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार
Translate »