प्रधानमन्त्री बालेनले गरे राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई १२ः३४ बजेको शुभ साइतमा शपथ ग्रहण गराएका हुन् ।

समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो ।

Translate »