२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 12, 2026

सुर्खेतमा १६ जना बिचौलिया पक्राउ



सुर्खेत ।  सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

प्रहरीले आज सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी १६ जना बिचौलिया पक्राउ गरेको हो । सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेको गुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मालपोत कार्यालयबाट पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१ प्रगतिशील टोलका ३६ वर्षिय दीपकबहादुर विक, सोही ठाउँका वर्ष ६२ वर्षिय ईन्द्रबहादुर शाही, ३३ वष्यिि प्रदीप खड्का, लेखवेशी नगरपालिका–३, का ३७ वर्षिय रमेश दमाई, सोही नगरपालिका–५, का २८ वर्षिय हरिप्रसाद देवकोटा र ३२ वर्षिय प्रभाकर शर्मा गौतम रहेका छन् ।

त्यस्तै यातायात व्यवस्था कार्यालयबाट वीरेन्द्रनगर नगरपालिका–११ की ३२ वर्षिया रोशमी तिवारी, सोही नगरपालिका–३, की २५ वर्षिया लक्ष्मी शाही, १२ नम्वर वडा की ३८ वर्षिया कुसुम बुढा क्षेत्री, ३ नम्वर वडा की ३४ वर्षिया पार्वती योगी, ५ नम्वर वडा की ३५ वर्षिया पवित्रा न्यौपाने, ११ नम्वर वडा की ३१ वर्षिया दुर्गा शाही, ६ नम्वर वडा की २३ वर्षिया सम्झना योगी, ११ नम्वर वडा की १८ वर्षिया रोशनी शाही, ५ नम्वर वडा की ३८ वर्षिया निर्मला योगी र ११ नम्वर वडा की २० वर्षिया गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाले जानकारी दिए ।

उनले उनीहरु दोषी पाईएमा सार्वजनकि सेवा प्रवाहमा अवरोध गरी सार्वजनिक शान्ति खलल पु¥याएको आरोपमा कारवाही हुने बताए । उनका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अहिले आवश्यक अनुसन्धान अगाडि बढाईएको छ ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार
Translate »