२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

सुर्खेतमा जुवातास खेलिरहेका ६ जना पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो वीरेन्द्रनगर–१० बुदबुदेमा नगद राखी हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर–१०, का २७ वर्षिय शिशिर केसी, वीरेन्द्रनगर–७, का ३० वर्षिय डिकेन्द्र थापा, वीरेन्द्रनगर–९, का ३१ वर्षिय करण गुरुङ, वीरेन्द्रनगर–१२, का ४७ वर्षिय पर्शुराम सोती, ३७ वर्षिय ललित रेश्मीमगरलाई रंगहाते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ जुवा खालबाट १ लाख ४७ हजार ७ सय ९० नगदसहित १२ गड्डी तास बरामद गरिएको छ । पक्राउ परेका जुवाडेमाथि ‘जुवा कसुर’ मा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार
Translate »