२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

प्रहरी र वन कार्यालयको संयुक्त टोलीद्वारा मारिएको छापामा २२ थान कडी वरामद



डिलबहादुर खत्री/सुर्खेत । नेपालको हरेक क्षेत्रमा प्रहरीको समन्वय तथा सहयोग विना धेरै काम अधुरा हुन्छन् । किनभने ! नेपाल प्रहरीलाई आन्तरिक कानून कार्यान्वयनदेखि पछिल्लो समय विपद् व्यवस्थापन र बाह्य हस्तक्षेप विरुद्ध समेत काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

यति ठूलो जिम्मेवारी बोकेको सुर्खेत प्रहरीले आज जिल्लाको बराहताल गाउँपालिका–५, मा छुकाई छिपाई राखेको अबैध ७ फिटे २२ थान चिरान काठ वरामद गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीसँगै सव–डिभिजन वन कार्यालय बड्डीचौरबाट खटिएको संयुक्त टोलीले मंगलबार ४ बजेको समयमा बराहताल–५, का ५५ वर्षिय कर्णबहादुर थापाको गोठमा अबैध काठ छ भन्ने गोप्य स्रूचनाको आधारमा उक्त परिणामको काठ बरामद भएको हो ।

ईप्रका बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाही, प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक होबिन्दबहादुर रावल सहितको संयुक्त प्रहरी टोलीसँगै सव–डिभिजन वन कार्यालय बड्डीचौर सुर्खेतबाट खटिएको टोलीले खानतलासि गर्दा उक्त गोठ भित्र रहेको साल जातको चिरान काठ ७ फिटे २२ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वरामद काठ सव–डिभिजन वन कार्यालय बड्डीचौर सुर्खेतलाई जिम्मा लगाएपनि अबैध काठ राख्ने कर्णबहादुर थापा फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले फरार व्यक्तिको खोजतलासमा तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार
Translate »