मध्यपश्चिम विश्वविद्यालयबाट १९ सय बढी विद्यार्थी दीक्षित हुँदै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, १८ औं विश्वविद्यालय सभा र १६ औँ वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको विश्वविद्यालयले जानकारी दिएको हो ।

दीक्षान्त समारोहको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सह–कुलपति सस्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डा. विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका १ हजार ९ सय २८ जना विद्यार्थी दीक्षित हुन लागेको बताए ।

उनका अनुसार कुल विद्यार्थी मध्ये ४ सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।

Translate »