

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले सुर्खेत र सल्यानसँगै आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको हो ।
सुर्खेत आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताईएको छ । बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सुर्खेत र सल्यानमा बग्ने साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार












