२०८३ साउन १२ , मंगलबार
Sky News Nepal
July 28, 2026

पहिरोले बगाएको ढुङ्गा लागेर शिक्षिकाको मृत्यु



दैलेख । पहिरोले खसालेको ढुङ्गा लागेर दैलेखमा एक शिक्षिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार नारायण नगरपालिका–११, बिन्ध्यवासिनीकी ३० वर्षीया विष्णुकुमारी शाहीको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको हो । नौमुले गाउँपालिका–१, तोलीस्थित माइती घरको खेतमा काम सकेर फर्किने क्रममा भूतेखोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा शाही गम्भीर घाइते भएकी थिईन् ।

घाइते शाहीलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका (सूचना अधिकारी) प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए ।

मृतक शाही नौमुले गाउँपालिका–१, राइलीस्थित कृष्ण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका थिईन् । उनका ६ वर्षका एक छोरा छन् भने श्रीमान् विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
Translate »