२०८३ साउन १२ , मंगलबार
Sky News Nepal
July 28, 2026

सुर्खेतको लेकवेशीमा जिप दुर्घटना हुँदा १२ जना घाईते, ४ को अवस्था गम्भिर



सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाको हलकन्डराको उकालोका जिप आफै अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाईते भएका छन् ।

घाईते मध्य लेकवेशी नगरपालिका–६, की २२ वर्षीया सुष्मा कार्की, सोही ठाउँकी २६ वर्षीय तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की र ७० वर्षीया खगिसरा विकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाईतेहरुको जिल्ला सदरमुकाम वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भईरहेको छ । प्रहरीका अनुसार आज दिउँसो लेकवेशी नगरपालिकाको डाँडागाउबाट दशरथपुर तर्फ आउदै गरेको भे. १ ख ५४० नम्वरको यात्रुबाहक मुस्ताङ जिप पालिकाको वडा नम्वर ५ र ६ को वीचमा पर्ने हलकन्डराको उकालोमा आफै अनियन्त्रित भई सडकमा पल्टिँदा चालकसहित १२ जना घाईते भएका हुन् ।

घाईते मध्य ४ जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए । उनले दुर्घटना बारे थप अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
Translate »